सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ
मेरोन्यूज
२०८१ चैत १२ गते १८:३८

काठमाडौं । बिल बिजक नभएका सुनका गहनासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेशलाल चित्रकार छन्।
उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सुनजडित पोतेसहितको माला १८ थान, क्रिष्टलसहितको माला १३ थान, टप ३ जोर, तिलहरी एक थान लगायत विभिन्न गहना बरामद भएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।
सम्बन्धित
















बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया