डा.रविन्द्र पाण्डेका १६ सुझाव
होम आइसोलेसनमा कसरी बस्ने ?

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेको छ । अस्पताल जान जोखिम मान्ने र अस्पतालमा शय्या भरिन थालेका छन् । पछिल्लो केही दिनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं हेर्दा पनि होम आइसोलेसनमा बस्ने सबैभन्दा बढी रहेको देखिन्छ ।
जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्न आग्रह गरे । “यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला,”उनले भने,“छातीको एक्सरे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल÷एन्टिबायोटिक ) खानुपर्ने हुन्छ, कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।”
थप होम आइसोलेसनमा बस्दा के गर्ने के नगर्ने भन्ने बारेमा जनस्वास्थ्यविद् डाक्टर पाण्डेका १६ सुझाब
१.थर्मामिटरबाट शरीरको तापक्रम नापिरहनु होला। ९८–९९ डिग्री फरेनहाइटसम्म व्यक्तिअनुसार नर्मल तापक्रम हो। १०० डिग्री पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
२. पल्सअक्सिमिटर (शरीरमा अक्सिजनको मात्रा नाप्ने मेशिन) बाट अक्सिजनको स्तर नापिरहनु होला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठो नजिक एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउँछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
३. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहे वा खोकी लागिरहे, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नु होला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला। छातीको एक्सरे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल/एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।
४. भिटामिन ’सी’ २ पटक, जिंक २ पटक, भिटामिन ’डी’ हप्ताको १ पटक खानुहोला। आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ।
५. जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नु होला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइँले कुनै न कुनै उपचार पाउनुहुन्छ।
७.मरिच, बेसार,अदुवा, ज्वानो, दालचीनी, तुलसी, गुर्जो, जेठीमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवम् स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
११. पानीको बाफ लिँदा आराम हुन्छ।
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ /कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
१३. हल्का व्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवम् सबल राख्नुहोला। नआत्तिनु होला।
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नु होला। अनधिकृत समाचारले तनाव बढाउँछ।
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला। त्यस्तै गाह्रो भएमा कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।
(डा. पाण्डेको सामाजिक सञ्जालबाट साभार)










निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
प्रतिनिधिसभा निर्वाचन : पहिलो दिनमै दल दर्ता उत्साहजनक
बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न
Govt ensures safety to private sector: Finance Minister
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया