भूकम्पप्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का

मध्य म्यान्माको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताए । शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो ।
उक्त भवनको भग्नावशेषबाट ’नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको छ,” घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने । उनले भने, “९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् ।
हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौँ।” भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ ।
विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ । यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा१७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ । भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ तल्लामध्ये छ तला मात्र दखिएको छ ।
भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउनका लागि आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काईभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया