तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ,’ बैठकपछि पत्रकारहरूसँग महतले भने ।
भिड अराजक देखिएको र घटनाप्रति आफूहरू गम्भीर भन्दै भर्त्सना गरेको पनि उनले बताए ।
उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनासयका साथ अराजकता मच्चाउने कार्य भएको बताए । पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले दाबी गरेको छ । यस्तै कांग्रेसले वर्तमान संविधान पक्षधरको बैठक बोलाउने निष्कर्षसमेत निकालेको उनले बताए ।

















इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया