आइतबार, वैशाख १३, २०८३

म्यानमारमा फेरि भूकम्प, मृतकको संख्या १७०० पुग्यो, ३४०० जना घाइते

मेरोन्यूज २०८१ चैत १६ गते २०:२५

काठमाडौं । म्यानमारको दोस्रो ठूलो सहर मन्डलेनजिकै आइतबार फेरि भूकम्प गएको छ।

Advertisement
NiccNicc

विश्वव्यापी रूपमा भूकम्पको अनुगमन गर्ने अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मन्डलेबाट २८ किलोमिटर (१७.४ माइल) उत्तरपश्चिममा रहेको मट्टारा टाउनसिपमा ५.१ रेक्टर स्केलको भूकम्प गएको हो। 

मट्टारा नजिकैको अमरापुराका एक बासिन्दाले बीबीसी बर्मीलाई बताएअनुसार यो मार्च २८ को भूकम्पपछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो।

मार्च २८ मा म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो जसको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। 

म्यानमारमा शनिबार मध्यरात पनि ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

हालैका भूकम्पका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

यसैबीच म्यानमारमा भूकम्पका कारण मृत्यु हुनेको संख्या थप बढेको छ।

म्यानमारका सैन्य प्रमुखले १,७०० जनाको मृत्यु भएको र ३,४०० जना घाइते भएको बताएका छन्।

प्रतिक्रिया