रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाले स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा गिरोनालाई ४-१ ले हराएको छ।
जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडमाथि तीन अङ्कको अग्रता कायम गरेको छ। गिरोनाका लाडिस्लाभ क्रेजेकीले गरेको आत्मघाती गोलका कारण बार्सिलोनाले पहिलो हाफमा अग्रता लिएको थियो। खेलको ५३ औँ मिनेटमा अनार्ट डन्जुमाले बराबरी गोल गरेका थिए।फ्रान्क डी जोङसँग सहकार्य गर्दै लेवान्डोस्कीले ६१ औँ मिनेटमा गोल गरे। ७७ औँ मिनेटमा उनले अर्को गोल गरे। सो गोल उनको यस सिजनको लिगको २५ औँ हो। फेरान टोरेसले थप गोल गरे।
बार्सिलोनाले पछिल्ला ९ लिग खेलमा जित हात पारेको छ। स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई २-१ ले र रियल बेटिसले सेभियालाई २-१ ले हराए। भ्यालेन्सियाले मालोर्कासँगको खेलमा १-० को सफलता पायो। एथलेटिक क्लब र ओसासुनाबीचको खेलमा गोलरहित बराबरी भयो। तालिकामा बार्सिलानाको ६६ तथा रियल म्याड्रिडको ६३ अङ्क छ। एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ भने एथलेटिक क्लबको ५३ अङ्क छ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया