आइतबार, वैशाख ७, २०८२

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन राप्रपाको माग

मेरोन्यूज २०८१ चैत १७ गते १२:४४

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा असंसदीय भाषा प्रयोग गरेको भन्दै राप्रपाले रेकर्डबाट हटाउन माग गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री ओलीले असंसदीय भाषा बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत २५ फागुनमा त्रिभुवन विमानस्थलमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताएका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ विपरीत प्रधानमन्त्री ओलीले होच्याउने र असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका हुन् ।

प्रतिक्रिया