पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल, ४ लाख ४४ हजार पुरस्कार

काठमाडौं । पहिलो लायन्स कप पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आगामी वैशाख महिनामा आयोजना हुने भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा आगामी बैशाख १८ देखि २२ गतेसम्म पहिलो लायन्स कप पुरुष अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो । पोखरास्थित पोखरा रंगशालाको इन्डोर कभर्डहलमा हुने प्रतियोगितामा दुई विदेशीसहित ६ टोली सहभागि हुनेछन् । हालसम्म पाकिस्तान भलिबल क्लब (इस्लामावाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले प्रतियोगिता खेल्ने निश्चित भइसकेको आयोजकले जनाएको छ ।
यस्तै भारत र इरानको टिमसँग पनि सरसल्लाह भइरहेको र यी दुई राष्ट्रमध्यको एक टोलीसँग सम्झौता गरि प्रतियोगितामा सहभागि गराइने लायन्स क्लब, नेपालका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताएका छन् । लिगकम नकआउट चरणका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई प्रत्येक समूहमा ३ टोली पर्नेगरि दुई समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउनेछन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया