अस्ट्रेलियन ओपन कराते ‘च्याम्पियनसिप’मा नेपालले भाग लिँदै

काठमाडौँ । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली आज अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । यही चैत २२ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्प लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आजै यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे। सो अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो । नेपाली टोली आज राति ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया