आइपीएल: रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्दै गुजरातको दोस्रो जीत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्दै गुजराततले ८ विकेटले दोस्रो जीत निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बैंगलरूले ८ विकेट गुमाउँदै एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातनले १७.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य चुमेको हो ।
आइपिएलको १४औं खेलमा जुगरातलाई जित दिलाउन बटलरले ३९ बलमा आक्रमक ब्याटिङ गर्दै पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाउन सफल भए भने साइ सुदर्शनले ४९ तथा सेर्फान रुथरफोर्डले ३० रन जोडेका थिए ।
बटलर र सुदर्शनले दोस्रो विकेटको लागि ४७ बलमा ७५ रनको साझेदारी गर्दा बटलर र रुथरफोर्ड अविजित ६३ रनको साझेदारी गरेर गुजरातको जीतमा योगदान गरे ।
जितपछि गजरात ३ खेलमा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पहिलो हारपछि आरसिबी समान अंकसहित तेस्रो स्थानमा छ ।
चार टोलीको समान ४ अंक रहँदा नेट रनरेटका आधारमा पञ्जाव भने शीर्ष स्थानमा पुगेको छ ।
















कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया