पहिलो खेलमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं । अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।
नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु–१९ टोलीसँग १३० रनले पराजय भएको हो । यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७० रन मात्र बनाउन सफल भएको थियो ।
नेपालका लागि निरजकुमार यादवले ६१ बलमा ४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए भने सन्तोष यादव र अशोक धामीले समान २४, अभिषेक तिवारीले १७, कप्तान नरेन भट्टले १३ र सिब्रिन श्रेष्ठले ११ रनमात्रै बनाउन सफल भए।
अफगानिस्तका लागि वाहिदउल्लाह जाद्रन, जियातउल्लाह शहिन र कप्तान महबुब खानले समान दुई तथा अब्दुल अजिज खान र नोरिस्तानी ओमरजाईले समान एक विकेट लिएर नेपाललाइ पहिलो खेलमा पराजित गरे ।
त्यस अघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभमा ९ विकेट गुमाउँदै ३०० रनको योगफल तयार पारेको थियो ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया