अब तीनकुने आसपासमा प्रदर्शन गर्न नदिन संसदीय समितिको निर्देशन

काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुँदे निर्देशन दिएको छ।
सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुँदे निर्देशन दिएको हो।
यस्ता छन् निर्देशन
१. काठमाण्डौको तीनकुनेमा यही चैत्र १५ गते शुक्रबारको दिन राजावादीहरुले विरोध प्रदर्शनको नाममा घटाएको हिंसात्मक घटनाको भर्त्सना गर्दै त्यसप्रति राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक खेद प्रकत गर्दछ। उक्त घटनाका दोषीहरु उपर आवश्यक छानविन गरी कानूनी कारवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई यो बैठक निर्देशन गर्दछ।
२. काठमाण्डौंको तीनकुने र आसपासको स्थानमा अब आइन्दा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ।
३. चैत्र १५ गते घटेको उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरुमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ।
४. आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहोरिनवाट रोक्न एवम् संविधान, कानून एवम् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको रक्षा गर्नको लागि गम्भीरताका साथ अघि वढ्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ।
५. नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्दछ ।
















महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया