लकडाउनमा पनि अमेरिकी लगायत ६ देशको मुद्रा महंगो

काठमाण्डौँ । लकडाउनको बेला पनि अमेरिकी लगायत ६ वटा देशको विदेशी मुद्रा सटहीदर आज आइतबार महंगो भएको छ । अमेरिकी डलर १ को खदिरदर १ सय १८ रुपैयाँ २० पैसा छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै महंगो भएको क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २८ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ ७७ पैसा बिक्रि मुल्य तोकिएकोे छ ।
जापानिज ऐन प्रति १० बराबर १० रुपैयाँ ८५ पैसा बिक्रिदर १० रुपैयाँ ९१ पैसा रहेर महंगो भएको राष्ट्र बैंकले जनाएको छ । चाइनिज युयन पनि महंगो हुँदा १ युयनको खरिद १८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३७ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४६ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६३ पैसा कायम रही महंगो भएको छ ।
यस्तै महंगो भएको युएइ दिराम १ को खरिद मूल्य ३२ रुपैयाँ १८ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अन्य सबै राष्ट्रको मुद्रा सटहीमा गिरावट आएको छ । सस्तो हुनेमा युरो १ को खरिदद १ सय ४२ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९१ रुपैयाँ ८१ तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ २८ पैसा छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ । साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ ५ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८० र बिक्रि मूल्य २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
साउथ कोरियाको कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ६४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । लकडाउनका कारण अधिकांश वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज भएपनि खुला भएका कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया