चितवनको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते
मेरोन्यूज
२०८१ चैत २१ गते २१:४१

काठमाडौं । यहाँको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन्। भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो।
सो बसमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार बस अनियन्त्रित भई रुखमा ठोक्किएको हो। घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उनले जानकारी दिए। घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ। बस चालक फरार रहेकाले खोजी जारी रहेको उनले बताए।
सम्बन्धित
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया