कोरोना संक्रमण बढेसँगै अमेरिकामा १२५ वर्षदेखि सञ्चालित रेल सेवा बन्द

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा १२५ वर्षदेखि सञ्चालनमा आएको रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ । सर्वसाधरणको जिन्दगीको एक हिस्सा बनेको रेल सेवा कोरोना महामारीसँगै बन्द हुने अवस्थामा पुगेको समाचारमा जनाइएको छ ।
देशमा कोरोना भाइरस संक्रमण बढेसँगै रेलमा चढ्ने मान्छे कम भएपछि बन्द हुन लागेको रेल सेवा विभागका कर्मचारीले जनाएको छ । १२५ वर्ष लामो इतिहास बोकेको यस रेल सेवा कोरोना महामारीका बीच ६ मे २०२० देखि अस्थायी रुपमा बन्द भएको समाचार जनाइएको छ । महामारीपहिले यस रेलबाट दैनिक ५५ लाखभन्दा बढी मानिसले सेवा लिँदै आएका थिए । कोरोना महामारी सुरु भएपछि दैनिक करिब ४ लाख मानिसले सेवा लिँदै आएका थिए ।
न्यूयोर्क शहरका ट्राञ्जिटमा कार्यरत वरिष्ठ अधिकारी सारा फिनबर्गले भने, ‘महामारीले मेट्रो रेल सञ्चालनमा संकट पैदा भएको थियो, यात्रीको संख्यामा भारी गिरावट आएपछि अस्थायी रुपमा बन्द गर्ने निर्णय भएको हो ।’
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेपछि सुरक्षाका लागि अमेरिकी नागरिकहरूले अन्य सवारी साधनको प्रयोग बढी मात्रामा गरेपछि सार्वजनिक यातायात सेवा जोखिममा परेको हो । एजेन्सी














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
प्रतिक्रिया