शिक्षक आन्दोलनले एसईई नतिजामा ढिलाइ हुने
मेरोन्यूज
२०८१ चैत २३ गते १२:०८

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा तयारीमा ढिलाइ हुने भएको छ ।
नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेसँगै एसईईकाे नतिजा तयारीमा थप ढिलाइ हुने भएको हो ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
यो अवधिमा एसईईका उत्तर पुस्तिका परीक्षणसमेत नहुने भएको छ । जसका कारण एसईईको परीक्षाफल प्रकाशनमा ढिलाइ हुने भएको छ ।
२०८१ साल चैत्र ०७ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षामा देशभरबाट नियमित तर्फ ४३१४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा चार लाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी छन्।
शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन माग गर्दै देशभरका शिक्षकहरु चार दिनदेखि राजधानीमा आन्दोलन गरिरहेका छन्।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया