नेपाललाई जितका लागि १६९ रनको लक्ष्य

काठमाडौँ । नेपाल यू–१९ लाई अफगानिस्तान यू–१९ ले जितका लागि १६९ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए । उनले ११४ बल खेल्ने क्रममा एक चौका प्रहार गरे । साथै ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । उसका लागि रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए । नाजिफुल्लाह अमिरीले १६, जाइतुल्लाह शाहिनले २, खातिर स्तानिकजाईल ११ रन, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले ५ रनको योगदान दिए ।
नेपालका लागि सन्तोष यादवले तीन, चिवरिन श्रेष्ठ र विपिन शर्माले दुई–दुई विकेट लिए । साथै अभिषेक तिवारी र अपराजित पौडेलले एक–एक विकेट लिए ।
यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल र अफगानिस्तानबीच अभ्यास खेल्न भइरहेको हो । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । दुई टोलीबीचको तेस्रो अभ्यास खेल आगामी बुधबार हुने तालिका छ ।
आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया