इजरायलले किन लियाे दुई बेलायती सांसदलाइ हिरासतमा

तेल अहिब । इजरायलले दुई बेलायती सांसदलाई आफ्नो देशमा प्रवेश गर्ने प्रक्रिया अस्वीकार गर्दै विमानस्थलमै हिरासतमा राखेको छ ।
बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनामा प्रतिक्रिया दिँदै बेलायती संसदका सदस्यलाई यस्तो व्यवहार गर्न नहुने बताएका छन् । वास्तवमा लेबर पार्टीका सदस्य र बेलायती सांसद युआन याङ र अब्तिसाम मोहम्मद दुवै इजरायल पुगेका थिए। तर, इजरायली सरकारले उनीहरू दुवैले सुरक्षा बलको गतिविधिलाई ‘डकुमेन्ट’ गर्ने र ‘इजरायलविरुद्ध घृणा फैलाउने’ योजना बनाएको भन्दै उनीहरूलाई देश प्रवेशको अनुमति दिन अस्वीकार गरेको हो ।
अर्ली र वुडलीका सांसद युआन याङ र शेफिल्ड सेन्ट्रलका सांसद अब्टिसाम मोहम्मद दुवै बेलायतबाट इजरायल गएका थिए। उनी संसदीय प्रतिनिधि मण्डलको सदस्य भएर त्यहाँ पुगेका थिए तर इजरायल सरकारले उनलाई विमानस्थलमै हिरासतमा लिएको हो । बेलायती विदेशमन्त्री डेभिड ल्यामीले यस घटनाप्रति कडा प्रतिक्रिया दिँदै यो बेलायती सांसदहरूमाथि अन्याय भएको बताए । उनले भने, ‘हामीले इजरायली सरकारसँग यस विषयमा आफ्नो अडान स्पष्ट गरिसकेका छौं र दुवै सांसदसँग रातभर सम्पर्क राखेका छौं, ताकि उनीहरूलाई समर्थन गर्न सकियोस्।’
बेलायती सरकारले युद्ध र हिंसालाई रोक्न मध्यपूर्वमा युद्धविराम र शान्ति प्रक्रियामा फर्कनेमा आफ्नो ध्यान केन्द्रित गरेको बताएको छ। इजरायलले याङ र मोहम्मदले त्यहाँको सुरक्षा गतिविधिको अनुगमन गरेको र इजरायल विरोधी प्रचार फैलाएको आरोप लगाएको छ । यद्यपि, बेलायती सांसदहरूले आफूहरू नियमित संसदीय भ्रमणमा मात्रै रहेको र उनीहरूको उद्देश्य शान्ति प्रक्रियामा सघाउने रहेको बताएका छन्। बेलायत र इजरायलबीचको यो तनावपूर्ण अवस्था अझ जटिल हुनसक्छ किनभने बेलायतले बेलायती संसदका सदस्यहरू विरुद्धको यो कारबाहीलाई अस्वीकार्य र असंवेदनशील भनेको छ।
बेलायती सरकार यस विषयमा इजरायली सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। यो घटनापछि दुई देशको सम्बन्धमा केही तनाव आउन सक्छ तर छिट्टै समाधान हुने अपेक्षा गरिएको छ । यो विवादले बेलायतमा राजनीतिक सर्कलमा मात्रै होइन, आम जनतामा पनि आक्रोशको लहर पैदा गरेको छ । अब इजरायली सरकारले यस विषयमा कस्तो प्रतिक्रिया दिन्छ र बेलायती सांसदहरू त्यहाँबाट छिट्टै रिहा हुन्छन् कि भनेर हेर्न बाँकी छ।









नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया