चीनलाई ट्रम्पले दिए थप ५० प्रतिशत करको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफ्नो प्रतिशोधात्मक कदम फिर्ता नलिए अमेरिका आयात हुने चिनियाँ सामानहरूमा थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका छन ।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले चीनले लगाएको जवाफी कर फिर्ता नलिए अमेरिकाले अतिरिक्त ५० प्रतिशत कर लगाउने बताएका हुन् । यदि ट्रम्पले थप ५० प्रतिशत कर लगाए चीनबाट निश्चित सामान आयात गर्ने अमेरिकी कम्पनीहरूले कुल १०४ प्रतिशतसम्म भन्सार बुझाउनुपर्ने ट्रम्पको चेतावनी छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार ट्रम्पले चीनबाट आयात हुने सामानमा ३४ प्रतिशत करको घोषणा गरेपछि चीनले पनि ३४ प्रतिशत जवाफी कर लगाएको थियो । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाको ब्ल्याकमेल गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने भन्दै अमेरिकी कदमविरुद्ध अन्तिमसम्म लड्ने बताएको छ ।
मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान माथि थप ५० प्रतिशत आयात कर लगाउने धम्कीलाई एउटा गल्तीमाथि अर्को गल्तीको संज्ञा दिएको छ । चीनले आयात कर लगाउने अमेरिकाको सबै योजना खारेज गर्न माग गर्दै दुई देशबीचको मतभेद वार्ताबाट समाधान गर्न आग्रह गरेको छ ।
अमेरिकी भन्सार शूल्कको अनिश्चितताका कारण विश्व सेयर बजार निकै अस्थिर बनेको छ । विश्वभरका बजार ओरालो लागेको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया