शनिबार, वैशाख ६, २०८२

अछामको जयगढ बजारमा आगलागी हुँदा नौ घर जलेर नष्ट

मेरोन्यूज २०८१ चैत २५ गते २२:००

अछाम। बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । 

मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।  

आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास असफल भइरहेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार नौ घर जलेर नष्ट भएको छ । अझ क्षति हुने खतरा छ । आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको बताइएको छ । 

आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रणमा समस्या भइरहेको बताइएको छ । 

प्रतिक्रिया