लागूऔषधसहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
मेरोन्यूज
२०८१ चैत २८ गते २०:२६

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–३ दुर्गा मन्दिर चोकबाट चैत्र २९ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएकाहरु भारत घर बताउने ४५ बर्षिय अमरजित हरिजन, २५ बर्षिय कपिलदेव सहानी र २१ बर्षिय दिलिप गौतम छन् ।
यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनीहरुको साथबाट १ सय ४९ वटा प्याकेटमा रहेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलोसहित नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट अन्य सामानहरु समेत बरामद भएको छ ।
नियन्त्रणमा लिएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धिन निकायमा बुझाईएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया