लुम्बिनी प्रदेश प्रमुखको निर्णय संविधानको बर्खिलापमा : खाण

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानका बर्खिपालमा लोकतन्त्रको उपहास हुने काम गरेको बताएका छन् । लुम्बिनी प्रदेशमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरविपरीत एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर संसदीय पद्धतीविपरीत काम गरेको बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदले गरेको हस्ताक्षरविपरीत पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुख साहले दिउँसै रात पारेको बताए । ‘लुम्बिनीमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले बहुमत गुमाएका एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका छन् । बिहानमात्रै राजीनामा दिएका पोखरेलको विरुद्धमा ८१ सदस्यीय लुम्बिनी प्रदेश सभाका ४२ सांसदले हस्ताक्षर बुझाउँदा पनि पोखरेललाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नु लोकतन्त्रको उपहास हो,’ खाणले भने, ‘संविधानको बर्खिलाप हो ।
दिउँसै रात पार्ने संविधान र कानुनविपरीत काम भएको छ ।’ खाणले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रदेश प्रमुख साहले संविधानमा उल्लेखित व्यवस्थाविपरीत अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाए । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएको दिनदेखि नै संविधान, विधि र पद्धतीविपरीत काम गर्दै आएका हुन् ।
अहिले पनि उनले नियुक्त गरेका प्रदेश प्रमुखले संसदीय पद्धतीविपरीत संविधान र कानुनको बर्खिलापमा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्,’ खाणले भने । प्रदेश प्रमुखको विधिविपरीतको कामविरुद्ध कांग्रेसले सकेसम्म विरोध गर्ने बताए । खाण कांग्रेसका लुम्बिनी प्रदेशका नेता हुन् ।
















विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रतिनिधिसभा निर्वाचन : मकवानपुर १ मा पुराना अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया