वीर अस्पतालको नयाँ भवन कोभिड–१९ अस्पताल बनाउने तयारी

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
सरकारले चाँडै नै उक्त भवनमा संक्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आजै सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका संक्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।
उपप्रधानमन्त्री पोखरेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएएका थिए । रासस














हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया