राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताएका छन् ।
विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यक्रर्तालाई स्वागतका लागि आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले राजनीतिक रूपमा भएका परिवर्तनको रक्षा गर्दै उपलब्धिलाई परिमार्जन र विकसित गर्नुपर्ने समय आएको बताएका हुन् ।
आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र सुहाउँदो प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको उल्लेख गर्दै तथा पूर्वप्रधानमन्त्री दाहालले त्यसका लागि निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा जोड दिए । उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा अभियान छेडेको उल्लेख गर्दै भारत र चीनसँगको सम्बन्धसमेत मजबुद बनाएको बताए ।
अध्यक्ष दाहालले वर्तमान सरकारको गतिविधिबाट पछिल्लो समय जनआक्रोश बढ्दै गएको भन्दै यस परिस्थितिमा राष्ट्रिय एकता र परिवर्तनको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।









धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
उज्यालो नेपाल पार्टी आयोगमा दर्ता
सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया