आज चैत ३१ गते आइतबार, कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

काठमाडौं ।आज २०८१ साल चैत ३१ गते आइतबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। २०८१ सालको अन्तिम दिन। तदनुसार सन् २०२५ अप्रिल १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : तपाईंको आजको दिन राम्रो छ। सहकार्यमा गरेको व्यापार बढ्नेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा आत्मबल बलियो बनाएर काम गर्नुपर्नेछ।
वृष : आज तपाईलाई परिवारको साथ मिल्नेछ। बोलीकै कारण काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गहिरो अध्ययन गर्नुपर्ने समय आएको छ। अप्रिय खबरले सुन्नुपर्ने हुनसक्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। प्राविधिक शिक्षामा भन्दा धार्मिक क्षेत्रमा मन जानेछ। परिवारभित्रबाट भन्दा बाहिरका व्यक्तिको साथ पाउँदा मन उत्साहित हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम छ।
कर्कट : जग्गा सम्बन्धी कारोबारमा आज मन्दी आउने छ। स्वास्थ्यको ख्याल नगर्दा जटिल समस्या देखिनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।
सिंह : दिन सामान्य राम्रो छ। आम्दानीका स्रोत प्रशस्त छन्। एकल निर्णयले अवस्था जटिल बन्नसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। परिवारमा नयाँ सदस्य थप हुने सम्भावना रहेको छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
कन्या : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा कामको बोझ थपिने छ। जिम्मेवार ढंगले अगाडि बढ्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।
तुला : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। अवरोध हट्नेछ। मन प्रशन्न बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको लगानी सार्थक बन्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुन्छ। स्वदेशमै रोजगारीका अवसर प्राप्त हुनेछन्। राजनीतिमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।
धनु : दिन राम्रो छ। तपाईंले गरेको कामको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बौद्धिक साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सोचेका काम बन्नेछन्।
मकर : दिन सहज छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा तपाईंको विरोध हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। प्रेममा धोका हुनेछ।
कुम्भ : मुल त्रिकोणमा चन्द्रमा पुगेका छन्। मनमा सन्तुष्टि मिल्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। दान गरेर अगाडि बढ्नुपर्ने दिन छ। पिपलमा पानी चढाएर दिनको सुरुवात गर्नुपर्नेछ। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा भने समस्या हुनेछ।
मीन : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्नेछ। सम्पत्तिका स्रोत प्रशस्त भए पनि स्वास्थ्यमा समस्या हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ।















अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया