नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।
यस्तै खेलको १४औँ मिनेटमा पोखराका मौसा अब्बाले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोके । खेलको २०औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठले अर्को गोल गर्ने अवसर गुमाए । खेलको ३९औँ मिनेटमा पोखराका नितिन थापाको प्रहार गोलकिपर कार्कीले विफल पारेका थिए भने ४२औँ मिनेटमा पोखराका मोउसाले गरेको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए ।
खेलको ५१औँ मिनेटमा ललितपुरका अञ्जन विष्टको गोल गर्ने प्रयासलाई विपक्षी खेलाडीले विफल पारे । यसैगरी खेलको ८१औँ मिनेटमा पोखराका मोउसाले गरे गोलको प्रयास असफल भयो । खेलको ८६औँ मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले डिबक्स भित्रबाट गोलको प्रयास गरे । उक्त बल गोलमा भने परिणत हुन सकेन । बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ ।
पोखरा लिगको तेस्रो स्थानमा छ । यस्तै ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ । लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ । रासस













राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
प्रतिक्रिया