६ बर्ष पछि सिनेमामा फर्किए जोनी डेप

लस एन्जलस । हलिउडका चर्चित अभिनेता जोनी डेप चाँडै नै थ्रिलर फिल्म ‘डे ड्रिंकर’ मार्फत ठूलो पर्दामा फर्किँदैछन् । यो फिल्म धेरै वर्षमा उनको पहिलो ठूलो निर्माणको फिल्म हुनेछ। सोमबार लायन्सगेट स्टुडियोले फिल्मको जोनी डेपको फर्स्ट लुक सार्वजनिक गरेको छ, जसलाई दर्शकले निकै रुचाइरहेका छन् ।
यो फिल्ममा जोनीसँग पेनेलोप क्रुज पनि देखिने छिन् । यो जोडीको चौथो सहकार्य हो । फिल्मलाई मार्क वेबले निर्देशन गरेका हुन् भने कथा ज्याक डीनले लेखेका हुन् । मेडलिन क्लाइनले फिल्ममा याटमा बारटेन्डरको भूमिका निर्वाह गर्छिन्, जोनी डेपद्वारा खेलेको एक रहस्यमय अतिथिसंग त्यहाँ मित्रता हुनेछ । यो मित्रता पेनेलोपको चरित्रसँग भिड्छ, जो एक अपराधी हो र कथाले धेरै चकित पार्ने मोड लिन्छ।
यो फिल्म जोनी डेपको लागि विशेष छ किनभने यो उनको पूर्व पत्नी एम्बर हर्डसँगको लामो र प्रचारित कानूनी मुद्दा पछि उनको पहिलो ठूलो रिलीज समेत हो। एम्बरले उनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । २०१८ मा बेलायती अदालतले एम्बरको पक्षमा फैसला गर्यो, तर २०२२ मा जोनीले अमेरिकामा एम्बर विरुद्ध मानहानीको मुद्दा जितेका थिए।
















लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया