जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड सुरु

बैतडी । यहाँको पुर्चौडी नगरपालिकामा बुधबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सुरू भएको छ।
कमल विशाल पार्क खेल मैदानमा सुरू भएको प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे। उद्घाटन समारोहमा मन्त्री भण्डारीसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, पूर्वसंविधानसभा सदस्य नरेन्द्र कुँवर, पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमलगायतको उपस्थिति थियो।
जिल्ला खेलकुद समितिको आयोजना र पुर्चौडी नगरपालिकाको सहआयोजनामा सुरू प्रतियोगिता यही वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको यो १५औँ संस्करण हो। दुर्गम मानिएको पुर्चौडीमा पहिलोपटक जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहमा रहेका विद्यालयका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगातयका खेलहरूमा प्रतिस्पर्धा भइरहेको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए। जिल्लास्तरीय रनिङसिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी प्रदेशस्तरीय रनिङ सिल्डका लागि छनोट हुनेछन्।









राजनीतिक दलसहित सबै पक्षलाई सहमतिमै लगेर निर्वाचन सम्पन्न गर्छाैं : मन्त्री अर्याल
पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया