सिक्किममा निश्चललाई स्वर्ण

काठमाडौं। सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।
प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गार्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गरे ।
निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताए ।
निश्चलसहित प्रतियोगितामा मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ४ खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोश्रो हुँदै जनही २०–२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको टिम व्यवस्थापक किरण साउदले जानकारी दिए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो ।
प्रशिक्षक महर्जनले ग्याङटकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोग प्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबीच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराए ।
















होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
कञ्चनपुरको कलुवापुर बजारमा निःशुल्क खानेपानी धारा जडान
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया