‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्। नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरु एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।’
कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरु शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफै साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन् ।
‘कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरुसँग भिड्न सकिन्छ’, महिला विभाग प्रमुख भुसालले भनिन् ।
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरुप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरु सच्चिने बेला आएको बताए ।
उनले भने, ‘चैत १५ गते राजावादी भन्नेहरुले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उहाँको सम्पत्तिको छानबिन गर्नुपर्छ ।’
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया