आँखा शिविरबाट चौध सय लाभान्वित

सिरहा । सिरहाको धनगढीमाईमा सञ्चालन गरिएको आँखा शिविरबाट एक हजार ४२३ सर्वसाधारणले निःशुल्क उपचार पाएका छन् । धनगढीमाई नगरपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको साझेदारीमा नगरको विभिन्न वडामा सञ्चालित नौ दिनसम्म चलेको उक्त शिविरबाट उनीहरुले लाभ लिएका हुन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वेश्वरप्रसाद यादवका अनुसार प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले धनगढीमाई–१, २, ३, ५, ६, ७, ८, १२, १३ र १४ वडामा शिविर सञ्चालन गरेका थिए । आँखा चिकित्सकहरू डा बन्दना खनाल, डा दीक्षा विष्ट, डा विष्णुहरि मरहठ्ठासहित १८ जनाको टोली उपचारमा खटिएको थियो ।
शिविरमा आँखा जाँच गराएकामध्ये तीन सय ७२ जनामा मोतियाविन्दुको समस्या देखिएको तिलगङ्गा आँखा प्रतिष्ठानबाट शिविरमा खटिनुभएका नेत्र सहायक गजेन्द्रकुमार महतोले जानकारी दिए । धनगढीमाई नगरपालिकाको कार्यालयमा वडा नं ४ र १० सहित अन्य वडामा छुटेका आँखाका बिरामीको जाँच गरिने छ ।
यसअघि २०७९ फागुनमा पनि नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नगर क्षेत्रमा करिब एक साता आँखा जाँच शिविर सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवले बताए । उक्त शिविरमा ५३२ बिरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको उनले बताए ।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया