मंगलबार, चैत ३, २०८२

गुजरात टाइटन्सको छै‍ँटौ जीत, आईपीएल प्लेअफ पुग्ने पहिलो टिम बन्दै

मेरोन्यूज २०८२ वैशाख ९ गते ८:२४

काठमाडौं । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो। 

यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ खेल जित्ने एक मात्र टोली गुजरात हो। अब थप एक जितसँगै यसले प्लेअफमा आफ्नो स्थान लगभग पक्का गर्नेछ।

आईपीएल २०२५ मा गुजरात टाइटन्सले सोमबार आयोजक कोलकाता नाइट राइडर्सको सामना गरेको थियो । खेलमा पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले ३ विकेट गुमाएर १९८ रन बनाउन सफल भएको यो । यसपछि केकेआर ८ विकेटमा १५९ रनमा नै सीमित भए पछि गुजरातको छैंटौं जीत पक्का भएको हो । 

केकेआरको यो ८ खेलमा पाँचौं हार हो। डिफेन्डिङ च्याम्पियन केकेआर ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

आइपिएल प्लेअफको लागि योग्य हुन रेस सामान्यतया १४ अंकबाट सुरु हुन्छ। तर १४ अंक भएको टोलीले शीर्ष ४ मा रहन अन्य टोलीको जित हार र रन रेटमा 
पनि भर पर्छ। तर, आफ्नै बलमा प्लेअफका लागि योग्य हुन, तपाईंलाई कम्तिमा १६ अंक चाहिन्छ।

कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा केकेआरका कप्तान अजिंक्य रहाणेले टस जितेर ब्याटिङ गरेका थिए । उनीहरूले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरे पनि बलरहरूले अपेक्षा अनुरूप खेल्न सकेको थिएनन्। गुजरात टाइटन्सका ओपनर शुभमन गिल र साई सुदर्शनले केकेआरका बलरहरूलाई पिट्दै १२.२ ओभरमा ११४ रन जोडेका थिए।

साई सुदर्शनको आउट भए पछि यो साझेदारी टुट्यो। उनले आउट हुनु अघि ३६ बलमा ५२ रन बनाएका थिए । योसँगै साई सुदर्शनले ओरेन्ज क्यापको दौडमा निकोलस पूरनलाई पछि पारेका छन् । अहिले उनी ४१७ रन बनाएर यो दौडमा पहिलो स्थानमा छन् ।

प्रतिक्रिया