ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा
मेरोन्यूज
२०८२ वैशाख ९ गते १२:४२

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् ।
एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिए । उनी नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आएका हुन् ।
कार्लोसले बुधबार दशरथ रङ्गशालामा हुने पोखरा र धनगढीबीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको ।
सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी थिए । त्यसअघि ब्राजिलले सन् १९९८ मा विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाडी थिए ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया