राप्रपाले ‘नविन समझदारी’ का लागि बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं। आज राप्रपाले देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ।
त्यसअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरु समेत भएका छन्। तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना शर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपाले आज ज्ञापन पत्र बुझाएको हो ।
‘कतै ठूला, कतै मझौला त कतै साना प्रदर्शनहरु भए होलान् तर प्रदर्शन भएका छन् । देशलाई अप्ठ्यारो परेको बेला यसलाई पॅुजीको रुपमा लिएर निरन्तर अघि बढ्नेछौं। हामी उच्च मनोबलमा छौं,’ केन्द्रिय प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘सशक्त आन्दोलनको बलियो आधार तयार पारौं,
नवीन समझदारीका लागि बाध्य पारौं भन्ने सन्देश दिइयो ।’









आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया