शुक्रबार, फागुन १, २०८२

राप्रपाले ‘नविन समझदारी’ का लागि बुझायो देशैभरी ज्ञापन पत्र

मेरोन्यूज २०८२ वैशाख ९ गते १७:५८

काठमाडौं। आज राप्रपाले देशका सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

त्यसअघि जिल्ला सदरमुकामहरुमा प्रदर्शनहरु समेत भएका छन्। तिनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र र नाजायज ढंगबाट बन्दी बनाइएका सबै देशभक्तहरु बिना शर्त रिहाइ हुनुपर्ने, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपाले आज ज्ञापन पत्र बुझाएको हो ।

‘कतै ठूला, कतै मझौला त कतै साना प्रदर्शनहरु भए होलान् तर प्रदर्शन भएका छन् । देशलाई अप्ठ्यारो परेको बेला यसलाई पॅुजीको रुपमा लिएर निरन्तर अघि बढ्नेछौं। हामी उच्च मनोबलमा छौं,’ केन्द्रिय प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘सशक्त आन्दोलनको बलियो आधार तयार पारौं,
नवीन समझदारीका लागि बाध्य पारौं भन्ने सन्देश दिइयो ।’

प्रतिक्रिया