तेक्वान्दो टोली जापान जाँदै

काठमाडौँ । अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औँ संस्करणमा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली भोलि जापानको ओसाका प्रस्थान गर्दैछ ।
यही वैशाख १२ देखि १४ गतेसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हृदयणी बस्नेतले ३० केजीमुनि, जोलिना बस्नेतले ३४ केजीमुनि, सोहन पाठकले २४ केजीमुनि तथा यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा सरोज तामाङ रहेका छन् । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् । काजलले यसै प्रतियोगिताको २० औँ संस्करणमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया