१३ वर्षीय बालिकालाई बलात्कार गर्ने व्यक्ति १० वर्षपछि पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २० गते १४:०५

संखुवासभा । सुनसरीको खनारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । चैनपुर नगरपालिका १० बस्ने लेकबहादुर अधिकारी उर्फ गणेशलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरेको हो ।
खनारमा रहेको प्लाइउड कारखानामा काम गरिरहेको सुराकका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तो थियो घटनाक्रम
संखुवासभाको साविक खराङ गाविस २ का ४३ वर्षीय गणेशले १३ वर्षीय बालिाकालाई जबरजस्ती करणी गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।
जिल्ला अदालतको आदेशले उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया