कोहली र हजेलउड चम्केपछि आरसिबी विजयी : राजस्थान ११ रनले पराजित

काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।
छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए ।
आइपीएल को ४२ औं लिग खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो। यस खेलमा आरसीबीको टोलीले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो ।
जवाफमा राजस्थानको टोलीले ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सकेको थियो । योसँगै आरसीबीले खेल ११ रनले जित हासिल गरेको हो ।
२०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो । वैभव र यशस्विले ४.२ ओभरमा ५२ रन जोडेका थिए । भुवनेश्वर कुमारले यो खतरनाक साझेदारी तोडेका थिए । उनले वैभवलाइ १६ रनमा आउट गरे।
यसपछि यशस्वी पनि १९ बलमा ४९ रन बनाएर आउट भए । हेजलवुडले उनलाई आफ्नो शिकार बनाए। दुई विकेट खसेपछि पराग र राणाले इनिङ्सको जिम्मा लिएका थिए । यस अवधिमा परागले तीव्र गतिमा रन बनाए ।
उनले १० बलमा २२ रन बनाए । उनलाई पाण्ड्याले आउट गरेका थिए । उनी आउट भएपछि ध्रुव जुरेलले आफ्नो इनिङ्सलाई सम्हालेका थिए । तर, हेटमायरले खास केही गर्न सकेनन् र ८ बलमा ११ रन बनाएर आउट भए ।
५ विकेट खसेपछि शुभम दुबे र जुरेलले राजस्थानलाई जितको नजिक पुर्याएका थिए । तर ध्रुव ४७ रन बनाएर आउट भए । उनको आउट भएपछि शुभम दुबेले पनि खास केही गर्न सकेनन् र आरसीबीले खेल ११ रनले जित्न सफल भयो ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया