बिहीबार, वैशाख २४, २०८३

कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि

मेरोन्यूज २०८२ वैशाख १२ गते १९:०८

भेरीगङ्गा (सुर्खेत)। एक वर्षको अवधिमा कर्णाली प्रदेशका १३ लाख ३५ हजार जनसङ्ख्याले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

Advertisement
NiccNicc

प्रदेशका दशवटै जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट उक्त सङ्ख्यामा स्वास्थ्य सेवा प्रदान गरिएको हो। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्ममा स्वास्थ्य संस्थाहरुबाट विभिन्न सेवा लिएका नागरिकहरुको तथ्यांक प्रदेश सरकारले सार्वजनिक गरेको छ।

यसलाई प्रदेश सरकारले उपलब्धि मानेको छ। विगतमा स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कर्णालीका नागरिकहरु गाउँमा अस्पताल पुगेपछि पहुँचमा वृद्धि भएको मुख्यमन्त्री यामलाल कँडेलको दाबी छ ।

कर्णालीलाई सिटामोल समेत नपाउने प्रदेशका रुपमा व्याख्या गरिँदै आएकामा अब सबै नागरिक स्वास्थ्यको पहुँचमा पुग्न सक्ने स्थिति बनेको उनको भनाई छ।

त्यसैगरी शिक्षा क्षेत्रमा पनि कर्णाली सरकारले नवीनतम् कामको सुरुआत गरेको जनाएको छ। मुख्यमन्त्री कँडेलद्वारा प्रस्तुत एक वर्षको प्रगति विवरणमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम सुरु भएको र हाल १३ वटा विद्यालय छनोट भई कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

जुम्ला र मुगु जिल्लालाई साक्षर घोषणा गरिनुलाई पनि उपलब्धि विवरणमा उल्लेख गरिएको छ। दश वर्षे शिक्षा योजना प्रक्रियामा रहेको मुख्यमन्त्री कँडेलले जानकारी दिए।

प्रतिक्रिया