खाद्य ढुवानी सवारीमा चालक र कामदार मात्रै बस्न पाउने

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको भन्दै गरिएको निषेधाज्ञामा सञ्चालित खाद्यान्न तथा फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीमा चालक र कामदारबाहेक कोही बस्न नपाउने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरूको प्रतिनिधि तथा छाता संगठनहरूको बैठकले यस्ता सवारी साधनमा आवश्यक व्यक्तिबाहेक कोही बस्न नपाउने निर्णय गरेको हो । उक्त निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा कोको रहनेबारेमा समेत विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।
कोरोनाको संक्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।










आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया