अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

काठमाडौँ । खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ ।
वडा नं १ लिकुवापोखरीका सुदेश राई र रीता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नं २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो ।
फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिए ।
गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम गरिएको जनाइएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले आयोजना गरेको वडा स्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपप्रमुख राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरे । जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह गरेका अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।
प्रत्येक दम्पतीलाई नगद रु. दुई हजारका दरले यातायात खर्च प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए।
अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौ वटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । सम्मानका लागि सबै वडामा विवरण संकलन भइरहेको छ ।










तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया