शनिबार, वैशाख १३, २०८२

म्याग्दीमा यस वर्ष डढेलोका कारण १०४ हेक्टर क्षेत्रफलमा क्षति

मेरोन्यूज २०८२ वैशाख १३ गते ७:५८

म्याग्दी । म्याग्दीमा यस वर्ष डढेलोका कारण एक सय हेक्टर वनमा क्षति पुगेको छ । 

म्याग्दीका २९ वटा सामुदायिक वनको एक सय चार हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पुर्‍याएको डिभिजन वन कार्यालयले जनाएको छ । सबैभन्दा बढी धवलागिरी गाउँपालिकाको नौ वटा सामुदायिक वनमा डढेलो लागेको हो ।  

मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ वटा र बेनी नगरपालिकाको चार वटा सामुदायिक वनमा डढेलो लागेको छ । 

घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलो लाग्ने गरेको छ । म्याग्दीमा दुई लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।

प्रतिक्रिया