आजको मौसमः तराईका भू-भागहरूमा तातो हावाकाे लहर चल्ने

काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै तथा बाँकी हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राती भनेदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका भू-भागहरूमा तातो लहर को समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।















धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
21 individuals nabbed with drugs
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया