तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ बारेको समाचारमा सत्यता छैन् : प्रहरी
मेरोन्यूज
२०८२ वैशाख १४ गते २१:२६

काठमाडौं। नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाइृ नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ ।
‘ विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह(महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’ विज्ञप्तीमा भनिएको छ ।

सम्बन्धित
प्रतिक्रिया