रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
मेरोन्यूज
२०८२ वैशाख १४ गते २१:४८

काठमाडौँ।काठमाडौँ जिल्ला अदालतले राप्रपा नेता रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका उनीहरुसहित २४ जना अदालतमा पेश गरिएकामा अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धा गर्न अनुमति दिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले थाहाखबरलाई जानकारी दिए।
यही वैशाख १० गते उनीहरूमाथि अनुसन्धा गर्न तीन दिनको म्याद थपिएको थियो। उनीहरुमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया