लिभरपुलको कीर्तिमानी : २० औं पटक जित्यो प्रिमियर सिपको उपाधि

काठमाडौं। लिभरपुलले २० औँ पटक इङ्ग्लिस प्रिमियर सिपको उपाधि उचाल्दै कीर्तिमान बनाएको छ। लिभरपुलले म्यानचेस्टर युनाइटेडसँगै २० औँ प्रिमियर सिपको उपाधि जितेर कीर्तिमान बराबरी गरेको हो।
आइतबार भएको खेलमा टोटनहाम हस्टस्पर्सलाई ५–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो। उपाधिका लागि एक अङ्क पर्याप्त हुने लिभरपुल सुरुवातमै डोमिनिक सोलान्केको गोलका कारण पछि परेको थियो। त्यसपछि लिभरपुलले पहिलो हाफमा नै तीन गोल गरेको थियो।खेलको १६ औँ मिनेटमा लुइज डियाजले लिभरपुलका लागि पहिलो गोल गरे भने त्यसको आठ मिनेटपछि एलिक्सस म्याक एलिस्टरले लिभरपुललाई अग्रता दिलाए। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरे।
६३ औँ मिनेटमा मोहम्मद सलाहले अर्को गोल थपे। टोटनहामका डेस्टिनी टोटोगोइले आत्मघाती गोल गरे।लिभरपुलले सन् १९९० यता पहिलो पटक आफ्नै दर्शकका सामु उपाधिको सफलता पाएको हो। अन्तिम पटक लिभरपुलले सन् २०२० को कोभिड महामारीको समयमा दर्शक उपस्थित नगराइ खेलाइएको रङ्गशालामा उपाधि जितेको थियो।लिभरपुलले जितेका २० मध्यका १८ उपाधि सन् १९९२ भन्दा अघिका थिए। यसअघि सन् १९७० देखि ८० को दशकमा सनसनी फैलाएको लिभरपुलले सन् १९९३ देखि १९९० को बीचमा ११ पटक उपाधि जितेको थियो।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया