विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित

काठमाडौँ । नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।
थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा महिला ५२ केजीमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् ।
उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्ववरीयतामा ३०४औँ तथा नान्दिन ७५औँ स्थानमा छन् ।
अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा देवकीसहित नेपालबाट छ खेलाडीले सहभागिता जनाएका थिए । महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई पराजित गरिन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । महिला ७० केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।
पुरुष ६० केजीमुनि प्रतिस्पर्धामा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई पराजित गरे भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । यस्तै, ६६ केजीमुनिको स्पर्धामा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
प्रतिक्रिया