प्लानिङ ब्वाइजको अपराजित यात्रा कायमै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगञ्ज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले सातौँ जित निकालेको हो ।
सातौँ जित निकाल्न टोलीका फागुराम थारु निर्णायक बने । उनले इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीको जित पक्का गरे ।
वीरगञ्ज युनाइटेडका विकास दास थारुले प्लानिङ ब्वाइजका थारुलाई १८ यार्ड बक्सभित्र लडाएपछि प्लानिङ ब्वाइजले पेनाल्टी अवसर पाएको थियो । त्यसअघि दुवै टोलीले खेलमा अग्रता बनाउन थुप्रै अवसर सृजना गरे पनि गोल भने गर्न सकेन ।
५६औँ मिनेटमा वीरगञ्जका विवेक चौधरीको शक्तिशाली प्रहार प्लानिङ ब्वाइजका गोल रक्षक नवीन परियारले विफल बनाए । उनले विक्रम ठोकरको पासमा १८ यार्ड बक्स नजिकैबाट दायाँ बारको बटम कर्नरमा प्रहार गरेको सट विफल बनाए ।
५६औँ मिनेटमा प्लानिङ ब्वाइजका असिम राई बललाई दिशा दिनबाट चुके । उनको प्रहार पोस्टको बायाँ साइड हुँदै मैदानबाट बाहिरियो ।
७६औँ मिनेटमा वीरगञ्जका गोल रक्षक प्रमिजय गच्छदारले दुई उत्कृष्ट बचाउ गरे । उनले प्लानिङ ब्वाइजका थारुको शक्तिशाली प्रहारमा पुनः रिबाउन्ड प्रहार बचाउ गरे । उनले फागुरामको प्रहार मैदानभित्र रिबाउन्ड आउँदा १८ यार्ड बक्सभित्र सरोज कार्की डोलीले गरेको दोहोरो प्रहार पनि बचाउ गरे ।
सातौँ जित निकाल्दै लिग लिडर प्लानिङ ब्वाइजले २२ अंक बनाएको छ । प्लानिङ ब्वाइजले कुल आठ खेलमा सात जित र एक बराबरीसहित २२ अंक जोडेको हो । पराजित वीरगञ्ज युनाइटेड भने कुल आठ खेलमा तीन जित र तीन बराबरीबाट १२ अंकमा सीमित छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया