प्लानिङ ब्वाइजको अपराजित यात्रा कायमै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा वीरगञ्ज युनाइटेडलाई १–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले सातौँ जित निकालेको हो ।
सातौँ जित निकाल्न टोलीका फागुराम थारु निर्णायक बने । उनले इन्जुरी समयमा प्राप्त पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै टोलीको जित पक्का गरे ।
वीरगञ्ज युनाइटेडका विकास दास थारुले प्लानिङ ब्वाइजका थारुलाई १८ यार्ड बक्सभित्र लडाएपछि प्लानिङ ब्वाइजले पेनाल्टी अवसर पाएको थियो । त्यसअघि दुवै टोलीले खेलमा अग्रता बनाउन थुप्रै अवसर सृजना गरे पनि गोल भने गर्न सकेन ।
५६औँ मिनेटमा वीरगञ्जका विवेक चौधरीको शक्तिशाली प्रहार प्लानिङ ब्वाइजका गोल रक्षक नवीन परियारले विफल बनाए । उनले विक्रम ठोकरको पासमा १८ यार्ड बक्स नजिकैबाट दायाँ बारको बटम कर्नरमा प्रहार गरेको सट विफल बनाए ।
५६औँ मिनेटमा प्लानिङ ब्वाइजका असिम राई बललाई दिशा दिनबाट चुके । उनको प्रहार पोस्टको बायाँ साइड हुँदै मैदानबाट बाहिरियो ।
७६औँ मिनेटमा वीरगञ्जका गोल रक्षक प्रमिजय गच्छदारले दुई उत्कृष्ट बचाउ गरे । उनले प्लानिङ ब्वाइजका थारुको शक्तिशाली प्रहारमा पुनः रिबाउन्ड प्रहार बचाउ गरे । उनले फागुरामको प्रहार मैदानभित्र रिबाउन्ड आउँदा १८ यार्ड बक्सभित्र सरोज कार्की डोलीले गरेको दोहोरो प्रहार पनि बचाउ गरे ।
सातौँ जित निकाल्दै लिग लिडर प्लानिङ ब्वाइजले २२ अंक बनाएको छ । प्लानिङ ब्वाइजले कुल आठ खेलमा सात जित र एक बराबरीसहित २२ अंक जोडेको हो । पराजित वीरगञ्ज युनाइटेड भने कुल आठ खेलमा तीन जित र तीन बराबरीबाट १२ अंकमा सीमित छ ।









विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
चितवनमाथि काठमाडाैंको सहज जित
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
प्रतिक्रिया