युवा व्यवसायीले अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने

कञ्चनपुर । कोरोना कहरमा संक्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठ र महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठसित पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने सम्झौता गरेका हुन् ।
सम्झौतामा स्थानीय अक्सिजन सप्लायरसित समन्वय गरेर दुवै पक्षले दैनिकरुपमा सिलिन्डर उपलब्ध गराउने, धनगढी र नेपालगञ्जबाट अक्सिजन ल्याएर श्रेष्ठ र मल्लले अस्पताललाई दिने उल्लेख छ । “दैनिक जसो यहाँ संक्रमितहरु अक्सिजन नपाएर छट्पटिएको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन दिने निर्णयमा पुग्यौ”, युवा व्यवसायी मल्लले भने “ यस्तो महामारीका बेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर दुखः टार्नु पर्छ”, उनले महाकाली अस्पतालमा अक्सिजन नपाएकै कारण पनि संक्रमितको मृत्यु भएको घटना सुनिएको बताए ।
“हुनेखानेले हेलिकप्टर चार्टर गरेर पनि सुविधा भएका ठाउँमा उपचार गर्लान”, उनले भने “विपन्न समुदायका सङ्क्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले पनि स्थानीय ठाउँमा सहयोग र सर्मथन गरौँ भन्ने हो ।” गतवर्ष मल्ल र श्रेष्ठ नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको टोलीले भारतबाट कोरोनाको त्रासमा स्वदेश फर्किने नेपालीहरुलाई भोजन र पानीको निःशुल्क व्यवस्थापनसमेत गरेको थियो । “त्यो बेला सबै साथीहरुले साथ र सहयोगले १८ हजार नागरिकलाई सिमानामा भोजनको व्यवस्था गरिएको थियो”, उनले भने “समस्या पर्दा राज्यको मुख ताक्नुभन्दा पनि समाजमा हातेमालो गरेर काम गर्ने हो ।” उनले महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपूर्ति पनि बढाउँदै लगिने जानकारी दिए ।
त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाहरुले देखाएको सहयोगी भावले संक्रमितको स्वास्थ्य उपचारमा सहजस हुने बताए । “यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुविधा अपुग हुँदा पनि अहोरात्र सेवामा छन्”, उनले भने “ यस्तो विपत्मा सबैले सहयोग गर्नुपर्छ ।” रासस










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया