‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’

भजनी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् ।
जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं- ९ झुँगामा आज आयोजित खबरदारीसभामा उहाँले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै सक्दैन भने ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुननदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए । देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनखको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया