बैतडीमा मेलौलीबाट पुनः स्वास्थ्य बिमा कार्यक्रम

बैतडी। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीबाट पुनः स्वास्थ्य बिमा सुरु गर्ने तयारी भएको छ । स्वास्थ्य बिमा ‘अनलाइन’ प्रणालीमा गएपछि गएको दुई वर्ष यतादेखि रोकिएको सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य बिमा बोर्ड बैतडीका प्रमुख जमन बडालले बताए ।
उनका अनुसार स्वास्थ्य बिमा सेवा सुरु गर्नका लागि आवश्यक सफ्टवेयर किन्ने तयारी भएको छ । सफ्टवेयर खरिदका लागि नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको बडालले बताए । सफ्टवेयर खरिद गरेपछि केही दिनभित्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु मानेर सेवा दिइने बडालले बताए ।
यसअघि त्यो क्षेत्रका नागरिकका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम विन्दु तोकिएको थियो । स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकलाई प्रथम विन्दुबाट प्राप्त हुने सेवा सोही ठाउँमा उपलब्ध हुन्छ भने ‘रेफर’ गर्नुपर्नेलाई पनि सोही ठाउँबाट रेफर गर्नुपर्ने प्रावधान रहिआएको छ ।
बैतडीमा २९ हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका बडालले बताए । स्वास्थ्य बिमामा आबद्ध भएका सदस्यले रु एक लाखसम्मको उपचार निःशुल्क रूपमा पाउने गरेका छन् ।















जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
महाकाली नदी किनारमा एक महिला मृत फेला
धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
हेटौँडा– नारायणगढ सडकअन्तर्गत ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया